Posts

Featured Post

पेशागत जीवनको यात्राः लक्ष्य अनेक टुङ्गो एक

Image
निगम भट्टराई स्थान त्यही हो , मन - मस्तिष्क उही हो बेग्लै छ त केवल रहर र समय । आजभन्दा १३ वर्ष अगाडि मलाई सोधिन्थ्यो , ‘ बाबु , ठूलो भएर के बन्न मन छ ?’ र म भन्ने गर्थेँ , ‘ म त डाक्टर बन्ने हो’ । त्यसको ४ - ५ वर्षपछि कसैले के बन्ने भनेर सोध्थ्यो र मलाई पाइलट बन्नु छ भनेर भन्थेँ , ठूलो जहाज हाँक्नु छ र आकासमा उड्नु छ चरी झैँ खुला भएर । अझ त्यसको ४ - ५ वर्षपछि र आजसम्म पनि कसैले मेरो भविष्यको ल क्ष्य सोध्दा म मलाई एक तीक्ष्ण कम्प्युटर इन्जिनियर बन्नु छ भनेर भन्ने गर्छु । अझ भनौँ , सफ्ट्वेयर इन्जिनियर बन्नु छ भन्ने गर्छु । जीवनमा अनेकौं लक्ष्यहरू बोकेँ र त्यसलाई पुरा गर्ने सोचले अगाडि बढ्दै जाँदा अझ आफूलाई आकर्षित गर्ने अर्को कुनै क्षेत्रमा जीवनलाई समर्पित गर्ने ल क्ष्य बनाउँदै गएँ । यो क्रम दोहोरिँदै र तेहेरिँदै गयो , र अझै पनि दोहोरिने छैन भनेर म भन्न सक्दि नँ । मलाई तपाइँ आज मेरो जीवनको ल क्ष्य सोध्नुहुन्छ भने म मेरो लक्ष्य हो कम्प्युटर इन्जि नी यर बन्ने भनेर भन्ने छु । २ - ३ वर्षपछि सोध्दा मलाई मेरो सोच र चेतनाले डो र्या एर कहीँ कतै अनिश्चित गन्तव्यको प

"पल्पसा क्याफे"को टेबुलमा एकछिन रमाउँदा ……….. ।

Image
-निगम भट्टराई,  व्यास नगरपालिका ४ ,  तनहुँ निगम भट्टराई पुस्तकहरू पढ्न थालेदेखि नै मलाई लेखनप्रति पनि आकर्षण बढेको थियो । काल्पनिक कथाका लेखकहरूको जिन्दगी मलाई निकै रमाइलो लाग्न थालेको थियो ।केही सोच्यो र त्यसलाई शब्दहरूमा ढाल्ने प्रयत्न गर्‍यो ।   कथालाई आफ्नो ढङ्गले ओल्ट्याई ,  पोल्ट्याई गरेर कसो गर्दा ठीक होला भन्दै ,  सोच्दै अगाडि बढाउनु निकै कष्टकर काम हो ,  तर पनि त्यसमा बेस्सरी चाख लाग्यो मलाई । त्यसैले कुनै पनि एक विषय उठाएर लेख्ने प्रयास म केही समयदेखि गरिरहेको छु । भलै एक काल्पनिक कथा लेख्नका निम्ति म तयार छैन ,  तर आफूले देखेका र भोगेका घटनाहरू लेख्नको लागि मलाई अरु लेखकहरूबाट निकै उर्जा मिलिरहेको छ ।नढाँटी भन्नुपर्दा ,  विशेष गरी मलाई आजसम्ममा निकै प्रभावकारी र उत्कृष्ट लागेको पुस्तक हो - ‘ पल्पसा क्याफे ’   । औपन्यासिक कृतिका रूपमा रहेको यस पुस्तकमा पत्रकार र लेखक नारायण वाग्लेको निकै मेहनत देखिन्छ ,  उनले गरेको शब्दहरूको प्रयोगदेखि लिएर उनले त्यस उपन्यासमा गरेका घटनाहरूको कल्पनाले मलाई निकै मन्त्रमुग्ध बनायो ।नारायण वाग्ले एक मेरै गाउँठाउँका मानिस

मेरो बुझाई

Image
-काठमाण्डौँ, ७ मे २०२० (२५ बैसाख २०७७)     निगम भट्टराई लेख्दै गरेको कथालाई थाति राखेर म आज यो मेरो सानो सोचलाई शब्दहरुमा ढाल्न जाँदैछु । मलाई लाग्यो त्यस कथा भन्दा मेरा लागी यस लेख बढि महत्व राख्दछ । हिजो राति सुत्ने बेलामा मदनबहादुर हरिबहादुर भन्ने मह जोडिको एक बहुचर्चित टेलि श्रृंखला युट्युब मार्फत हेर्दै थियौँ, पहिलो संस्करणको पहिलो भागमा देखाइएको थियो २०५४ साल तिरको नेपालको स्थिति । माओवादी भनिनेहरु बन्दुक बोकेर हरिबहादुरको घरमा जबरजस्ति ढङ्गले प्रवेश गर्छन् ।  सानैदेखि सुनेको थिएँ माओवादीको आन्दलोनको बारेमा, घरमा बाबा-आमाले भनेको सुन्दै नै आएको हुँ - देशमा के के न गर्छु भनेर आएका, केहि गर्न सकेनन्, सोझासाझा जनताको फाइदा मात्र उठाए, धिक्कार छ । यस्तो वातावरणमा हुर्किएको हुनाले मलाई देशको राजनीतिक ईतिहासको बारेमा हल्काफुल्का ज्ञान त थियो नै तर माओवादीको मात्र कुरा आउँदैन नेपाली राजनीतिक ईतिहासको कुरा गर्दा । मलाई एकदमै जान्न मन लाग्यो देशको राजनीतिक ईतिहास । युट्युबमा चलिरहेको भिडियोलाई पज गरि म आमातिर फर्किएँ, गहिरो सोचमा परेझैँ उहाँतिर हेर्दै फेरी टिभी तिर हेरेँ,