Posts

Showing posts from September, 2025

नयाँ नेपालको प्रश्न : कति पटक?

Image
हामीले कतिपटक नयाँ नेपाल ल्यायौँ? हामीभन्दा २ पुस्ता अघिकाले पनि नयाँ नेपाल ल्याए, १ पुस्ता अघिकाले पनि ल्याए, र अहिले हाम्रो पुस्ताले पनि ल्यायो। अब फेरि हामी पछिका पुस्ताले पनि नयाँ नेपाल ल्याउनुपर्ने हो? अहिले यो आन्दोलनपछि जुन अवस्थामा हाम्रो पुस्ता पुगेको छ, अब अर्को पुस्तालाई फेरि यही चक्रमा फसाउने कुरा त सोचेको पनि सहन नसकिने कुरा हो। तर प्रश्न यहीँ छः हामीले ल्याएको नयाँ नेपाल वास्तवमै नयाँ हो? वा नाम मात्रै नयाँ र पुरानै दोषहरू बोकेको, पुरानै हत्यारा, पुरानै भ्रष्ट पात्रहरूको संरक्षण गर्ने नेपाल हो? अब मात्र प्रश्न सोधेर टर्दैन — तर समाधानका रचना र संस्थागत सुधारको माग उठाउनैपर्छ। समयले थप प्रश्न थपेको छ। यो क्षण संवैधानिक सीमाभित्र वा बाहिर छ भनेर बहस चलिरहेको छ, तर त्यो बहसले हाम्रो मुख्य उद्देश्य ढाक्न नमिल्ने भयो: प्रणाली सुधार्न आवश्यक छ । अबको प्रधानमन्त्रीले, आफ्ना मन्त्रीहरूको र राजनीतिक दलहरूको दबाबमा नपरे, राष्ट्रपतिको सहयोग र समर्थनमा तुरुन्तै निर्वाचन व्यवस्था र भ्रष्टाचार नियन्त्रणलाई सम्बोधन गर्न केही कदम चाल्नुपर्छ। तर यसमा समयको चुनौती ठूलो छ, चुनाव ढिलो गराउँद...