Posts

Showing posts from May, 2020

मेरो बुझाई

Image
-काठमाण्डौँ, ७ मे २०२० (२५ बैसाख २०७७)     निगम भट्टराई लेख्दै गरेको कथालाई थाति राखेर म आज यो मेरो सानो सोचलाई शब्दहरुमा ढाल्न जाँदैछु । मलाई लाग्यो त्यस कथा भन्दा मेरा लागी यस लेख बढि महत्व राख्दछ । हिजो राति सुत्ने बेलामा मदनबहादुर हरिबहादुर भन्ने मह जोडिको एक बहुचर्चित टेलि श्रृंखला युट्युब मार्फत हेर्दै थियौँ, पहिलो संस्करणको पहिलो भागमा देखाइएको थियो २०५४ साल तिरको नेपालको स्थिति । माओवादी भनिनेहरु बन्दुक बोकेर हरिबहादुरको घरमा जबरजस्ति ढङ्गले प्रवेश गर्छन् ।  सानैदेखि सुनेको थिएँ माओवादीको आन्दलोनको बारेमा, घरमा बाबा-आमाले भनेको सुन्दै नै आएको हुँ - देशमा के के न गर्छु भनेर आएका, केहि गर्न सकेनन्, सोझासाझा जनताको फाइदा मात्र उठाए, धिक्कार छ । यस्तो वातावरणमा हुर्किएको हुनाले मलाई देशको राजनीतिक ईतिहासको बारेमा हल्काफुल्का ज्ञान त थियो नै तर माओवादीको मात्र कुरा आउँदैन नेपाली राजनीतिक ईतिहासको कुरा गर्दा । मलाई एकदमै जान्न मन लाग्यो देशको राजनीतिक ईतिहास । युट्युबमा चलिरहेको भिडियोलाई पज गरि म आमातिर फर्किएँ, गहिरो सोचमा परेझैँ उहाँतिर हेर्दै फेरी टिभी तिर हेरेँ,